काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा झण्डै ३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५,७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८