काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७८४५ जना होम आइसोलेसनमा रहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८