काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ ।
नेपाली बजारमा हिजो ( मंगलबार ) प्रतितोला ९१ हजार २ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ७ सयले घटेर ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै मंगलबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ९० शजार रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी नेपाली बजारमा चाँदी बुधबार प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८