काठमाडौँ । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४०० जनाको पीसीआर र ८९३ जनाको एन्टीजेन परीक्षण गर्दा ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसहित नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ७७ हजार ९५१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
यस्तैगरी सोही समयमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसबाट ३,१७६ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८