काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५२ जना कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २५ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८