काठमाडौँ । चितवन घर भै हाल चीनमै बसोबास गर्दै आएका नविन बिकले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति चीनको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । एनआरएन चीनमा स्थापना कालदेखि लगातार दुई कार्यकाल कोषाध्यक्ष र पछिल्लो दुई कार्यकाल उपाध्यक्ष भएका बिक अध्यक्षमा उम्मेदवार हुने भएका हुन । सन् २००२ मा दुबई गएका उनी २ बर्ष त्यहाको प्रसिद्ध घड़ी कम्पनी रिभोली ग्रुपमा सेल्सम्यानको रुपमा कार्य गरेका थिए । त्यसपछि नेपाल फर्किएका उनी सन २००५ मा चीन गए । त्याँ कार्यरत रहँदा सन् २००७ सालमा हङ्कङबाट बुद्धिबहादुर थापा लगाएतका अग्रज चीनको गोन्झाउमा गएर बिधिबत रुपमा एनआरएन चीनको सुरु गरेका थिए । बिकले गोन्झाउमा दुई वटा नेपाली नामका चमेना गृह कस्तूरी रेस्टोरेन्ट एण्ड बार र अर्को नमस्ते किचन तथा दुई वटा नाइट क्लब सञ्चालन गरेका थिए । पछि उनी स्टीलपाईप, स्टिलका भाडकुडाहरु, नन उभन फेब्रीक र धागा बनाउने मेशीन बनाएर निर्यात गर्ने काम गरिहेका छन । बिकले चितवन जिल्लामा सन् २०१४ मा नेपालकै पहिलो बालमैत्री अन्तरर्राष्ट्रिय स्तरको चिल्ड्रेन पार्क (बाल उद्यान) स्थापना गरेका छन् । बिकले आफुले स्थापना कालदेखि नै निस्वार्थ भावनाले एनआरएनमा काम गरेको र आफुसँग अनुभव पनि रहेकोले आगामी २०१७–२०१९ को लागि अध्यक्ष पदमा दाबी गरेको बताए । उनले आफू अध्यक्ष भए एनआरएन चीनको दर्ता गर्ने र आधिकारीक कार्यालय स्थापना गर्ने बताएका छन ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७४