काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार आज ११३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने,हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ४५५ पुगेको छ।
हाल देशभर १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७