काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको छ।
स्वास्थ्य कार्यालय, काठमाडौँका अनुसार अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्नेछ । बिहान १० देखि ४ बजेसम्म केन्द्रमा खोप लगाइने छ।
कसको पालो कहिले ?
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाहरूले वैशाख ७ गते।
माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरूले वैशाख ८ गते।
माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरूले वैशाख ९ गते।
माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरूले वैशाख १० गते।
माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाहरूले वैशाख ११ गते।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७