काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार ३ हजार ४ सय ५६ जनामा गरिएको पीसीआर परिक्षणमा थप १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ ।
यस्तै आइतबार थप ११७ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार २४० पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म ३ हजार ३२ जनाले कोरोनाका कारणले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७