काठमाडौँ । सरकारले ११ जिल्लाका स्थानीयलाई हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउने भएको छ।
चैत २० गतेदेखि हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा यो वर्ष हात्तीपाइलेविरूद्ध औषधि खुवाउन लागिएको हो।
दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामीहरूले हात्तीपाइलेविरूद्ध औषधि खान नहुने महाशाखाले जनाएको छ ।
आफ्नो घर नजिकैको बुथमा गएर स्वास्थ्यकर्मीहरूबाट हात्तीपाइलेको औषधि लिनुपर्छ।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७