काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्ति विषयमा थप अनुसन्धान गर्न आवश्यक भएको बताएको छ ।
कोरोना भाइरस चिनियाँ ल्याबबाट लिक भएको एकदमै कम सम्भावना रहेको भन्दै थप अनुसन्धान गर्नुपर्ने आवश्यक रहेको संगठनका प्रमुख टेड्रस अडानोम गेबेरियसले बताए ।
यस सम्बन्धमा सबै खालका हाइपोथेसिसको अध्ययन भइरहेको संगठनले बताएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७