काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार ३ हजार ९ सय ६३ जनामा पीसीआर परीक्षण गर्दा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यो सँगै नेपालमा हालसम्म कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या ३ हजार २० पुगेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७