काठमाडौँ। फागुन २३ गते खोप लगाएका व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका ७५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको टेकु अस्पताल स्रोतले जानकारी दिएको छ ।
सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १/२ जनामा मात्र सङ्क्रमण पुष्टि हुने गरेको थियो ।
खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्ने चिकित्सकहरूले बताएका छन् । ती व्यक्तिमा इम्युनिटी बन्नुअघि नै सङ्क्रमण भएको हुनसक्ने चिकित्सकहरूको भनाइ छ ।हाल टेकुमा ४ जना सङ्क्रमित आईसीयूमा र ६ जना वार्डमा छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७