काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २६३७ मा पिसिआर गर्दा ७९ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ।
पछिल्लो २४ घन्टामा ८२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ८१५ पुगेको छ।
नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । कोभिड–१९ का कारण देशमा हालसम्म तीन हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल देशभर ९९८ जना आइसोलेसनमा र ५१ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ७, २०७७