काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १६९ जनाको पीसीआर परीक्षण गर्दा थप १२५ जनामा कोरोना भाइरस पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२३ जना संक्रमित कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारणले मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७