काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित नेपालमा हालसम्म २ लाख ७५ हजार ६२५ जनामा कोरोना भाइरस संक्रण पुष्टि भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ६१० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५ पुगेको छ।
हाल देशभर एकहजार जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७