काठमाडौं । नेपाली बजारमा ३ दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । चैत १ गते प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता पुनः बढेको छैन् ।
मंगलबार (आज) पनि छापावाल सुन सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तीन दिनदेखि तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार १ सय ५० रूपैयाँ रहेको छ ।
चाँदीको भाउ भने सोमबारको तुलनामा आज बढेको छ । सोमबार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७