काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ११ महिनाको बच्चामा सफल कलेजो प्रत्यारोपण गरिएको छ । पहिलो पटक नेपालमा एक वर्ष भन्दा कम उमेरको बच्चामा कलेजो प्रत्यारोपण सफल भएको हो ।
शनिवार काभ्रेका ३५ वर्षीया बाबुले आफ्नो ११ महिनाको बच्चा लाई कलेजा दान गरेका हुन् । जन्मेदेखि नै कलेजोको समस्या रहेका ती बच्चामा सफल कलेजो प्रत्यारोपण भएको त्रिवि शिक्षण अस्पतालबाट जानकारी प्राप्त भएको छ ।
अहिले बाबु र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको बताइएको छ । यसअघि त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो । त्यसयता पाँच बिरामीको कलेजो प्रत्यारोपण भइसकेको छ ।
कोरोना सङ्क्रमणको जोखिमका कारण रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सुरु भएको हो।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७