काठमाडौं । कवि रमेशचन्द्र देवकोटाद्वारा लिखित चार कृतिको एकैसाथ लोकार्पण गरिएको छ । समाजसेवी समेत रहेका देवकोटाले प्रलयको शंखघोष, सुभाषितपद्यमाभुतम, हितैषी कुरा र मेरो देश नामक कृति रचना गर्नु भएको थियो । उक्त चार कृतिहरू बुधबार राजधानीमा एकैपटक विमोचन गरिएका हुन् ।
नेपाल स्रष्टा समाजको आयोजनामा गरिएको कार्यक्रममा कवि जनार्दनशरण त्रिपाठीलाई रमेशगंगाश्रष्टा सम्मान अर्पण गरिएको थियो । कृति लोकार्पण कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्य लगायतका वक्ताहरूले कवि र कृतिका बारेमा आ आफ्ना बिचारहरू व्यक्त गरेका थिए । वक्ताहरूले कवि देवकोटाको समाजिक र लेखन जीवनको बारेमा चर्चा गर्नुका साथै रचनाहरूका बारेमा धारणाहरू राखेका थिए । कवि देवकोटाका चार छोरा छन् । देवकोटाका जेठा छोरा डा दिनेशचन्द्र देवकोटा राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७