काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज खोप आज नेपाल आइपुग्ने भएको छ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार बिहान सवा ११ बजे भारतबाट काठमाडौँ भित्रिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।चीनले पनि ८ लाख खोप नेपाललाई दिने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७