काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यस्तै २४ घण्टामा ७२ कोरोना सङ्क्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म दुई लाख ७४ हजार २९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ७२ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ५ सय ४३ पुगेको छ ।यस्तै नेपालमा हालसम्म दुई हजार ७ सय ७७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७