काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७३ कोरोना सङ्क्रमित थपिएका छन् । यस्तै आज (मंगलबार) ६४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् भने थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म जम्मा सङक्रमित दुई लाख ७४ हजार २१६ पुगेका छन् भने सङ्क्रमितमध्येबाट दुई लाख ७० हजार ४७१ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् । यस्तै हालसम्म दुई हजार ७ सय ७७ जना व्यक्तिको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७