काठमाडौं । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ।
संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले यसलाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन बताएको छ।
आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो। ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको बिबिसीले जनाएको छ।
प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले रबर बुलेट, टियर ग्याससँगै गोली समेत चलाएको थियो। फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिएयता म्यानमारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेको छ । तर त्यहाँको सेना र प्रहरीले ब्यापक धरपकड गर्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७