काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७८ कोरोना संक्रमित थपिएका छन् । यस्तै आज (आइतबार) ८२ जना संक्रमित निको भएका छन्, भने थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज क्वारेन्टिनमा ६८ जना छन् भने सक्रिय संक्रमित संख्या ९६२ रहेको छ । पछिल्लो अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार १४३ पुगेको छ । संक्रमितमध्य २ लाख ७० हजार ४०७ जना निको भइसकेका छन्, भने मृतक संख्या २ हजार ७७४ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७