काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६२ जना कोरोना संक्रमित संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ३२५ पुगेको छ।
गत २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ।देशभर हालसम्म ९६७ सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७