काठमाडौँ । नेपालमा थप ११२ जनामा कोरोना सङ्क्रमणपुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ११ पीसीआर परीक्षण गर्दा थप ११२ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ८४ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार २२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७६७ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७