काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दुई हजार नौ सय ३१ जनाको पीसीआर परीक्षण भएकोमा ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७३ हजार दुई ६३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ११४ जना संक्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ६ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६१ पुगेको छ ।
हाल नेपालमा १ हजार ५ सय ८३ जना सक्रिय सङ्क्रमित छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७