काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७३ हजार १६६ जना पुगेको छ ।
आज (बिहिबार) १११ जना कोरोना संक्रमित कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ ।
त्यस्तै आज कोरोना भाइरस संक्रमण्बाट थप ३ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७