काठमाडौँ ।पूर्व प्रधानमन्त्री डा बाबुराम भटटराईले हिन्दु धर्म सापेक्ष मुलुक बनाउन छलफल गर्न सकिने बताएका छन् । एपि वान एचडि टेलिभिजन मार्फत प्रसारण हुने कार्यक्रम द ब्राभो डेल्टा शोमा भूषण दाहालसँग कुरा गर्दै यस्तो बताएका हुन ।
आफू राज्यको कुनै धर्म नहुने र व्यक्तिले इच्छा अनुसार धर्म अपनाउन पाउने पक्षमा रहेको भएपनि अन्य उपलब्धि गुम्न लागेकाले यसतर्फ सबै सचेत हुनुपर्ने भट्टराईले बताएका छन् । नयाँ संविधान भत्किने खतरा बढेकाले आम जनताले माग गरिरहेको हिन्दु धर्म सापेक्ष मुलुक बनाउने विषयमा छलफलबाट उपयुक्त निष्कर्षमा पुग्नुपर्ने डा भट्टराईको तर्क रहेको थियो ।
एक अर्को प्रसङ्गमा डा भट्टराईले राजासहितको राष्ट्रिय एकताबाट मात्रै मुलुकलाई बचाउन सकिने धारणा राखेका छन् । डा भट्टराईसँग पत्रकार दाहालले गरेको कार्यक्रम बुधबार राती ९ बजे प्रसारण हुनेछ ।
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७