काठमाडौँ । सरकारले भारतबाट २० लाख डोज कोरोना खोप ल्याउने तयारी गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार अमेरिकी डलरका दरमा २० लाख डोज खोप खरिद गर्ने प्रक्रिया अगाडी बढाउन स्वास्थ्य सेवा विभागलाई अख्तियारी दिने निर्णय गरेको हो ।
भारतको सिरम इन्टिच्युटबा खोप खरिद गरिने छ । खोप फेब्रुअरी र मार्चमा १०/१० लाख डोज ल्याउने तयारी भएको छ ।
खोप खरिदका लागि कम्पनीलाई अग्रीम ८० प्रतिशत भुक्तानी दिने र बाँकी २० प्रतिशत सामान लोड हुनेबेला भुक्तानी गर्ने गरी तयारी भएको स्रोतले जानकारी दिएको छ ।
यसअघि भारतको सिरम कम्पनीले १० लाख डोज खोप अनुदान दिएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७