–दीपेन्द्र गजुरेल
स्पेन । गैर आवसिय नेपाली संघ स्पेनमा नेकपा एमाले, नेपाली कांगसेश र माओबादी केन्द्रका भातृ संगठनको सहमतिका बावजुद्ध निर्वाचन हुने निश्चित भएको छ । प्रवासी नेपाली मञ्च, जनसम्र्पक समिति, जनप्रगतीशिल मञ्च बिचको सहमतिका बाबजुद आईसिसी प्रवासी नेपाली मञ्चको पोल्टामा परेको छ । २३ जुलाईमा हुने पा“चौ महाधिवेशनमा दुई वर्षे कार्यकालको लागि भएको उमेदवारी तथा राजनितिक दलको समन्वयनमा एमाललेको भातृ संगठन प्रवासी नेपाली मञ्चका पुर्व अध्यक्ष एवम् एनआरएनएका वर्तमान अध्यक्ष समेत रहेका मुक्त्तबहादुर गुरुङ्ग निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । गैर आवासिय नेपाली संघमा भने राजनीतिक सहमति अनुरुप अध्यक्षमा कांग्रेसका संस्थापन अध्यक्ष एवम् पर्यटन दुत चिन्तामणी सापकोटालाई निर्वाचित गर्ने भएको छ । राजनीतिक सहमतिमा प्रवासी नेपाली मञ्च, जनसम्र्पक समिति, जनप्रगतीशिल मञ्चको समर्थनमा सापकोटाको उमेदवारी परेको हो । अध्यक्षका प्रत्यासी चिन्तामणि सापकोटाको जित निश्चित भएको अवस्थामा पराजित भए तीन दलको पराजयको रुपमा बुझिने जनसम्र्पक समितिका अध्यक्ष इन्द्र प्रसाद शर्माले आजकोन्युजलाई बताए ।
जनप्रगतीशिल मञ्चका अध्यक्ष गंगा भुषालले भने, ‘राजनितिक समझदारी अनुरुप हामी कुनैपनि अवस्थामा चुक्दैनौ । सापकोटा पराजय भए राजनितिक अन्तरघात र बैमानीका कारण हुन्छ र त्यो उमेदवारको हार होईन् हाम्रो तीन दलको हार हुन्छ’ । प्रवासी नेपाली मञ्चका उपाध्यक्ष एवम् एनआरएनएको निर्वाचन अभियान संयोजक समेत रहेका हेमन्त रानाभाटले राजनीतिक सहमति अनुरुप अगाडि बढेको बताउदै आफ्नो प्रतिबद्धतामा कुनैपनि अवस्थामा नचुक्ने दावी गरे । जनसम्र्पक समिति, प्रवासी नेपाली मञ्च, जनप्रगतीशिल मञ्चको समन्वयनमा नै निर्वाचनमा जाने निर्णय भएको छ । पा“चौ राष्ट्रिय महाधिवेशनमा तीन राजनितिक दलको भातृ संगठनको निर्णय अनुरुप नै अगाडि बढ्ने अध्यक्षहरुको प्रतिक्रिया छ । प्रवासी नेपाली मञ्च एमालेले आईसिसि सुरक्षित गरिसकेको छ भने बाकी पदमा स्वतन्त्र उम्द्वारी परेकोले एनआरएन उपाध्यक्ष, तथा सचिबमा निर्वाचनबाट सुरक्षित गर्ने भएको छ । महिला संयोजकमा रिता ढुङ्गाना र युवा संयोजकमा रामचन्द्र पौडेल निर्विरोध भएका छन् । यसैगरी माओबादी केन्द्रले समन्वयन अनुरुप नै आफ्नो पोल्टामा महासचिब कृष्णाप्रसाद भुषाल, कोषाध्यक्षमा बिशाल निर्बिरोध भएका छन् । राजनितिक सहमतिमै प्रमुख पदहरुमा समन्वय अनुसार नै निर्बिरोध भएको नेतहरुले बताएका छन । एनआरएनए पुर्व उपाध्यक्ष एवम् चितवन समाजका अध्यक्ष प्रकाश तिमिल्सिना निर्विरोध भएका छन् । यस्तै निर्बिरोध हुनेहरुमा महिला कोटाबाट उपाध्यक्ष सिता सिंह महर्जन, सदस्यहरुमा प्रकाश किरण चालिसे, ज्ञानबहादुर बस्नेत, नेहा शर्मा, उमेश पुरी, सनु राउत, हिरालाल सापकोटा, सरोज कडेल, टिकाराम कडेल, पशुपति कडेल, संतोष पौडेल लगायत छन । तीन राजनितिक दलकाएनआरएन अध्यक्ष, उपाध्यक्ष, सचिब पदहरुमा निर्वाचन २३ जुलाई आईतबार विहान बार्सिलोनामा हुनेछ भने क्षेत्रिय समिति म्याड्रिड र बिलबाउमा जुलाई २१ मा गर्ने निर्वाचन निर्वाचन हुनेछ ।
अध्यक्ष प्रत्यासिहरु
अध्यक्ष प्रत्यासित चिन्तामणि सापकोटा र स्वतन्त्र उमेद्वार गौतम गुरुङ्ग विच कडा प्रतिस्पर्धा हुने भएको छ । तिन राजनितिक दलको भातृ संगठनको सहमतीमा अन्तरघात नभए सापकोटाको जित सुुनिस्चित रहेको रहेको छ । स्वतन्त्र उमेदवार गौतम गुरुङ्गलाई तमु समाजका पुर्ण सहयोग रहेको छ ।
उपाध्यक्ष प्रत्यासिहरु
उपाध्यक्ष प्रत्यासिहरुमा एनआरएनए स्पेनका पुर्व सचिब एवम् प्रवासी नेपाली मञ्चबाट सुनिल रानाभाट, जनसम्र्पक समितिबाट वर्तमान कोषाध्यक्ष पेशल कुमार कोईराला र कास्की समाजबाट दिलनाथ भण्डारी बार्सिलोनाबाट भिड्दै छन भने म्याड्रिडबाट स्वतन्त्र रोशन पाठकको उमेदवारी रहेको छ ।
सचिव प्रत्यासिहरु
सचिब प्रत्यासिहरुमा कांग्रेबाट लोकबन्धु बस्नेत, एमालेबाट तारानाथ अधिकारी र स्वतन्त्रबाट दिनेश कुमार गिरीको कडा प्रतिस्पर्धा हुने देखिएको छ । जातियताको नामबाट खुलेको सामाजिक संस्थाले एनआरएनको निर्वाचनमा ठुलो प्रभाब पार्ने देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७४