काठमाडौँ । आज शुक्रबार देशभर थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २७२ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसंगै कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ ।
त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसहित कोरोना भाइरस संक्रमणबाट हाल सम्म मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७