काठमाडौँ । शुक्रबार देशभर थप १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ७४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३३३ जनाकोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसहित कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०२५ पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७