काठमाडौँ -कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु गरिने भएको छ । माघ १४ गते अर्थात बुधबार १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गर्ने अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिए ।
कोरोनाविरुद्धको पहिलो खोप पनि अस्पतालका निर्देशक डा.राजभण्डारीले लगाउने छन् । यस्तै दोस्रो सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले लगाउने छन् । त्यसपछि टेकु अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ ।
टेकु अस्पतालबाट एक हप्ताको अवधिमा करिब ३ हजार ५ सय फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप दिइने निर्देशक डा.भण्डारीले बताए ।बुधबार देशभरका ६२ अस्पताल र १ सय २० वटा खोप केन्द्रबाट खोप अभियान सुरु हुँदै छ ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७