काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार १२ नमुनाको पिसिआर परिक्षण गर्दा ३१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ।
पछिल्लो २४ घण्टामा ३८३ जना कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ।
त्यस्तै, भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७५ पुगेको छ
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७