काठमाडौँ । आज (मंगलबार) देशभर थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४४१ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ। हाल देशभर ३ हजार ७ सय ६४ सक्रिय संक्रमित रहेका छन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७