भारतमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये २ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ५ सय ८० जनामा नकारात्मक असर देखिएको छ। तीमध्ये ७ जना अस्पताल भर्ना भएका छन् ।
खोप लगाएपछि कर्नाटकमा एकजना र उत्तर प्रदेशमा एकजनाको मृत्यु भएको छ कर्नाटकमा पहिलो दिन खोप लगाएका ४३ वर्षीय बिरामीको खोप लगाउनासाथ मृत्यु भएको र उत्तर प्रदेशको मुरादाबादमा खोप लगाएका ५२ वर्षीय व्यक्तिको भोलिपल्ट मृत्यु भएको थियो ।
खोप अभियानमा तीन दिनमा ३ लाख ८१ हजारभन्दा बढीलाई खोप लगाइएको छ। खोप लगाइएकामध्ये शून्य दशमलव २ प्रतिशतलाई प्रतिकुल असर देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७