काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि फारम खुला गरेको छ। माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने गरी काउन्सिलले सूचना जारी गरेको छ ।
काउन्सिलले फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत गरिसकेको छ।
‘माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ,’ काउन्सिलले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७