काठमाडौँ । आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ । बिहान साढे ६ बजेको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको हो ।
काठमाडौँमा दिउँसो १८–२० डिग्री सेल्सियस तापक्रम पुग्ने अनुमान गरिएको छ। आज विहान काठमाडौँ उपत्यकामा बदली रहेको र दिउँसो आंशिक बदली रहने छ । बादल लाग्ने र घाम लागे क्रम चलिरहने मौसमविद्को भनाइ छ ।
यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्क हुन सबैमा आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७