" हाम्रा नेता "
हाम्रा नेताहरू ८ रेक्टरको भुकम्पभन्दा खतरा,
देशै गर्ल्यामगुर्लुम्म वनाईसके ।
हेर्दा सुकिला-मुकिला देखिए पनि,
विश्वसामु नै ड्वाङड्वाङ्ती गन्हाईसके ।
हाम्रा नेता, कोरोना भऩ्दा कडा,
नाथे भाईरसलाई त, नारा जुलुसले नै पेल्छु भन्छन् ।
विश्वका मै हु भन्ने शहरहरू, लकडाउनमा सुतिरहदा,
हाम्रा नेताहरू, चुनौती दिदै कोरोनालाई निल्छु भन्छन् ।
हाम्रा नेता,
शिक्षा, स्वाथ्य, स्वरोजगार सव भन्दै गर्छन् ।
आफु गर्छन् सडकआन्दोलन तर स्कूल कलेज वन्दै गर्छन् ।
हाम्रा नेता, वाईडवढी, सुन काण्ड, ७० करोड सवै पढ्छन् ।
पार्टीभित्रै गुट उपगुट अनी झुटको खेती गोलमेल गर्छन् ।
हाम्रा नेता,
आफ्नै संविधानको वलात्कार र हत्या आफै गर्छन् ।
गल्ली गल्ली र चोकचोकमा भिड वटुलेर मलामी झर्छन् ।
दुईतिहाईको सरकार पनि आफ्नै पार्टीले ढाल्छन् ।
गुटैपिच्छेका कार्यकर्ता,
तीन हात उफ्रिदै, फेरी उसैलाई भोट हाल्छन् ।
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७