काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा ५ हजार ३ सय पीसीआर परीक्षण भएकोमा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३९० जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ।हाल देशभर ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७