काठमाडौँ । कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ। मंगलबार सर्वोच्च अदालतले पुरानै पाठ्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गर्दै परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो।
अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको बताए ।
गत असोज २८ गते भगवता अर्यालले पुरानै पाठ्यक्रमलाई मान्यता दिनुपर्ने जिकिरसहित सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।
गत असोज २८ गते भगवता अर्यालले पुरानै पाठ्यक्रमलाई मान्यता दिनुपर्ने जिकिरसहित सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौँ र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७