काठमाडौँ -राष्ट्रनिर्माता पृथ्बीनारायण शाहको दुइ सय ९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा क्यानाडा निबासी रोशन बस्नेत र रबिमान सिङ्ग बस्नेतले आइतबार एक भर्चुअल अन्तरक्रियाको आयोजना गरेका थिए।
कार्यक्रममा बिभिन्न बक्ताहरुले राष्ट्रनिर्माता शाहको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा पुर्ब सांसद बिराज बहादुर बिष्ट, गायक सन्जय श्रेष्ठ, बरिष्ट सन्चारकर्मी रमा सिङ्घ, राजनीतिकर्मी सगुन सुन्दर लावती लगायतका बक्ताहरुले बर्तमान शासक बर्गले शाहको कार्यको अबमुल्यन गर्ने कुकर्म प्रति दुख ब्यक्त गरेका थिए।
कार्यक्रमको बिचमा रबिमान सिङ्गद्वारा रचित देशप्रेमले ओतप्रोत गीत पनि प्रदर्शन गरिएको थियो । राष्ट्रनिर्माताको सम्झनामा स्वदेश तथा बिदेशमा रहेका सम्पूर्ण नेपालीले उनको सम्झनामा बिभिन्न कार्यक्रम गरिरहेका छन् । नेपाल सरकारले आज सार्बजनिक बिदा समेत दिएको छ।
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७