काठमाडौँ । नेपालमा आज आइतबार थप ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको सख्या २ लाख ६४ं हजार ५ सय २१ पुगेको छ ।
त्यसैगरी आज ६९९ जना कोराना संक्रमित संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५७ हजार ९२८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै आज कोरोना भाइरस संक्रमणबाट देशभर थप ३ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल ४ हजार ६ सय ८१ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७