काठमाडौँ - कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियानमा इजरायल सबैभन्दा अगाडि देखिएको छ । इजरायले २० दिनमा आफ्नो कूल जनसंख्याको १/५ हिस्सालाई खोप लाइसकेको छ । हालसम्म १८ लाखभन्दा बढीले खोप लगाइसकेको बताइएको छ । खोपको धेरै डोज र चाँडो आपूर्तिका लागि इजरायले बेलायतको तुलनामा ५० प्रतिशत रकम तिरेको थियो ।
खोप चाँडो सुनिश्चित गर्न इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले खोप बनाउने फाइजर कम्पनीका सीईओ अल्बर्ट बोलाईसँग केही दिनको अन्तरमा १७ पटक फोन गरेका थिए । इजरायलका एक नेताले नाम न बताउने सर्तमा यसबारे जानकारी दिएका हुन् । उनका अनुसार नेतन्याहूले आफ्नो गिर्दो लोकप्रियता र राजनीतिक स्थिति मजबुत गर्नका लागि खोपलाई बढी मूल्य तिरेको आरोप लगाए ।
फाइजरले खोपका लागि बेलायतले ३० युरो प्रति डोज तिर्यो भने इजरायलले यसका लागि ४५ युरो तिरेको थियो । फाइजरका प्रवक्ताले भने, ‘खोपको मूल्य, मात्रा र पहिले गरिएको वाचाको आधारमा तय गरिएको छ ।’
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७