काठमाडौँ । शुक्रबार देशभर थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ५ हजार २६९ पीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार १५९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९ पुगेको छ।हाल देशभर ५ हजार २१ जना सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७