काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७०६ नमुना पीसीआर परीक्षण भएकोमा ४०९ जनामा कोरोना पुष्टि भएको हो । योससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९५ जना कोरोना संक्रमणमुक्त भब्ब्ई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ पुगेको छ।
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७