काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको सख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ ।
त्यसैगरी आज ५ सय ९४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५५ हजार ८८ संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७