काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ६ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७८पुगेको छ।हाल देशभर ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६७ जना क्वारेन्टिनमा छन्।
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७