प्रिय, मान्छे
मलाई जति तिमी मन पर्छ
त्यति सत्ता मन पर्दैन
यसकारण ,
सत्ता,
तैंले मान्छेको विवेक चल्ने गिदी निकालेर
गोबर र लिदी भरिदिँदो रहेछस् !
र त ,
सत्तासिन हुनु अघिको मान्छे
र,
सत्तारोहण पछिको मान्छेमा,
आकाश र जमिनको फरक हुँदो रहेछ !
सत्ताको नशा चढेको मान्छे
र मदिराको नशा चढेको मान्छे ,
हत्तपत्त नशाबाट ओर्लन चाँहदो रहेनछ !
मलाई
पशुहरु मान्छे बन्ने सत्ता चाहिएको छ
मान्छे पशु बन्ने सत्ता होईन
र मान्छेलाई दास बनाउने सत्ता होइन !
सत्ता,
म तँलाई आत्मैदेखि घृणा गर्छु ,
मनदेखि टाढा राख्छु
किनकी तैंले,
अलि अलि भएको मान्छेलाई पनि
अमान्छे, कुमान्छे र वनमान्छे बनाईस् !
धिक्कार छ तँलाई
अनि तेरो चरित्रलाई !
थाहा छ तँलाई ?
तँलाई जति धिक्कारे पनि कम हुन्छ
त्यसैले फगत घृणा गर्छु
मात्र घृणा !
तेरो सर्वत्र निन्दनीय चरित्रलाई
अनि निर्वस्त्र चोलालाई !
तँलाई धिक्कार !
धिक्कार ! धिक्कार !! अनि धिक्कार !!!
सत्ता, तँलाई धिक्कार !
सत्तासिन हुनु अघिको मान्छे
र,
सत्तारोहण पछिको मान्छेमा,
आकाश र जमिनको फरक हुँदो रहेछ !
सत्ताको नशा चढेको मान्छे
र मदिराको नशा चढेको मान्छे ,
हत्तपत्त नशाबाट ओर्लन चाँहदो रहेनछ ।
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७